हवाइ जहाजको आयु कति हुन्छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 16, 2023 | 02:29:15 PM मा प्रकाशित

laxmi  sunrise bank

जब कुनै विमान दुर्घटना भएर ठूलो मानवीय क्षति हुन्छ, तब जहाजहरुको आयु के कति हुन्छ भन्नेबारे बहस हुन्छ । तर, हवाई क्षेत्रका जानकार तथा नागरिक उड्डययन क्षेत्रका विज्ञहरु जहाजको निश्चित आयु नहुने बताउँछन् । 

आइतबार पोखरास्थित सेती नदीको खोँचमा यती एयरलाइन्सको ९एन–एएनसी जहाज दुर्घटना भएपछि पुनः यसबारे बहस सुरु भएको छ । तर, विगतमै जस्तै हवाई क्षेत्रका जानकारहरु जहाज पूरानो नहुने आफ्नो ‘रेडिमेड’ तर्क प्रस्तुत गरिरहेका छन् । 

नेपालमा सञ्चालित हवाई सेवा प्रदायक कम्पनीहरुले विगतमा अन्य देशमा चलिसकेका जहाजहरु भाडामा ल्याउने गरेका छन् । आइतबार दुर्घटनामा परेको जहाज पनि यसअघि २ देशमा चलिसकेको १५ वर्ष पूरानो जहाज हो । उक्त जहाज यति एयरलाइन्सले साढे ३ वर्ष अगाडी नेपाल भित्र्याएको थियो ।

के जहाजहरु साँच्चै थोत्रा हुँदैनन् ?

विज्ञहरु जहाज कहिल्यै पुरानो नहुने दाबी गर्छन् । निर्मित मितिका हिसाबले जहाज यति वर्ष अगाडी बनेको भन्न सकिने भएपनि जहाज वास्तवमै कहिल्यै पनि थोत्रो नहुने दाबी उनीहरुको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीले कुनै समय बिजपाटी डटकमसँगको कुराकानीमा जहाजमा हुने ‘कम्पोनेन्ट’ तथा मेसिनरी उपकरणको भने समय समयमा मर्मतसम्भार गर्नुपर्ने बताएका थिए ।

जहाजमा प्रयोग हुने औजार उपकरणहरु कुनै निश्चित घण्टा र निश्चित वर्षका लागि मात्रै जडान हुने गरेको उनको तर्क छ । यस्ता कम्पोनेन्ट तथा मेसिनरी उपकरणहरुको आयु हुने तर जहाज नै पूरानो अथवा थोत्रो नहुने उनको दाबी छ ।

‘कुनै कम्पोनेन्ट २ सय घण्टा उडान गरेपछि फेर्नुपर्ने हुन्छ, कुनै कम्पोनेन्ट २ वर्षसम्म उडान गरेपछि मात्रै फेर्नुपर्ने हुन्छ’ क्षेत्री भन्छन्, ‘यसरी निश्चित अवधि जहाज उडिसकेपछि फेर्नुपर्ने उपकरणहरु सम्बन्धित हवाई सेवा प्रदायक कम्पनीहरुले नै फेर्छन् । उड्डयन प्राधिकरणले यसबारे अनुगमन गर्छ ।’ 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि जहाजमा जडान गरिएएका उपकरणहरु निश्चित घण्टा जहाज उडेपछि फेर्नुपर्ने भएपनि जहाज नै पूरानो भएर दुर्घटना हुन्छ भन्ने कुरा गलत भएको बताउँछन् । 

२० वर्ष पूरानो जहाज ल्याउन पाइँदैन

‘फस्ट ह्याण्ड’ जहाज खरिद गर्न महँगो पर्ने भएकाले नेपालका अधिकांश हवाई सेवा प्रदायकले आन्तरिक उडानका लागि जहाजहरु भाडामा ल्याउँछन् । भाडामा ल्याउने जहाज पनि पहिला विभिन्न देशमा उडिसकेका जहाज हुन्छन् । 

यद्यपी, नेपालमा २० वर्षभन्दा पुराना जहाज ल्याउन पाइँदैन । प्रेसराइज जहाजको हकमा दर्ता भएको २० वर्षसम्म बढी र नन–प्रेसराइज जहाज दर्ता भएको १५ वर्ष भन्दा बढी भएको छ भने त्यस्ता जहाज नेपाल ल्याउन अनुमति छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved