
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई दुर्घटना न्युनिकरणका लागि नयाँ नियम ल्याउने तयारी गरेको छ । नयाँ नियमको मस्यौदा तयार भइसकेको छ भने ‘फाइनल’ भएर जारी हुन बाँकी छ ।
मस्यौदा अनुसार अब एक जना पाइलटले एक दिनमा आठ घन्टा र आठ वटा मात्रै उडान गर्न पाउनेछन् । हाल दैनिक १० घन्टा र १० पटा उडान गर्न पाउने प्रावधान रहेको भएपनि अब आठ घण्टा र अधिकतम् आठ वटा मात्रै उडान गर्न पाउने व्यवस्था गर्न लागिएको हो ।
पहाडी क्षेत्रमा उडान गर्दा जहाज जमिनबाट ५ सय फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा जमिनको सतहबाट जहाज १ हजार फिटमाथि हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।
त्यस्तै, हवाई सेवा प्रदायक कम्पनीका सबै प्रशिक्षक पाइलटहरुले जहाज उत्पादक कम्पनीमा गएर आफ्नो सीप परीक्षण गराउनुपर्ने प्रावधान पनि थप्न लागिएको छ । साथै, आइएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने व्यवस्था पनि थप गर्न लागिएको छ ।
उपकरणको सहायताले गरिने उडानलाई आईएफआर भनिन्छ भने ककपिटबाट पाइलटले अगाडि हेरेर गरिने उडानलाई भिएफआर उडान भन्छि ।
आगामी समर सेड्युलबाट नयाँ नियम लागू गर्ने तयारी गरिएको भएपनि मस्यौदामा प्रस्तावित विषयहरुबारे अन्तिम निर्णय भने भइनसकेको क्यान स्रोत बताउँछ ।
यस्तो छ मस्यौदाः