श्री एयरलाइन्सले पायो उडान अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2023 | 06:20:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका जहाजमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा गरेको छ । प्राधिकरणका प्राविधिकहरुले श्रीका सबै जहाजहरुको प्राविधिक परीक्षण गरेपछि उडानका लागि अनुमति दिइएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए ।

बिहिबार भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखा परेपछि प्राधिकरणले शुक्रबारदेखि श्रीका सबै उडान रोकेको थियो । शुक्रबार बिहानैबाट उडानमा रहेका श्रीका जहाजहरुको प्राविधिक परीक्षण गरिएको थियो । 

अब श्री एयरका जहाजहरुले शनिबारदेखि नियमित उडान गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved