उड्नै लागेको निगमको जहाजभित्र यात्रु रुन थालेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2023 | 04:16:56 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको बैंलोरका लागि उड्ने तयारीमा रहेको नेपाल वायु सेवा निगमको जहाजभित्र रहेकी एक महिला यात्रु अचानक रुँदै जहाज नचढ्ने भन्न थालिन् । जहाज उड्नै लागेको बेला रुँदै ओर्लिन्छु भन्न थालेपछि सबै यात्रुलाई ओरालेर जहाज एक घण्टा ढिलो गरी उडाइएको छ ।

आरए–२२५ नम्बरको उडानमा रहेकी यात्रु रोएपछि दिउँसो २ बजे उड्नुपर्ने जहाज ३ बजे मात्रै उड्यो । जहाजमा ११७ जना यात्रु थिए । 

रुने महिलालाई फिर्ता पठाइएको छ । उनले आफ्नो घरमा बिरामी मान्छे भएकाले भारत जान नसकेको जनाएकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved