पोखरा जहाज दुर्घटना जाँचबुझ आयोगको म्याद ४५ दिन थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 04:43:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको कारण जाँच गर्न बनाएको आयोगको म्याद थप गरेको छ । फागुन ३० गते बसेको मन्त्रिपरिषद बैठकले पोखरामा भएको यतीको जहाज दुर्घटनाको म्याद ४५ दिन थप गरेको हो । 

सरकारले माघ १ गते पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो । आयोग सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील प्रधान, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

आयोगले ४५ दिनको अवधि पाएकोमा पुनः ४५ दिन म्याद थप भएको हो । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको थियो ।

माघ १ गते बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको ९ एन–एएनसी, एटीआर–७२ विमान सेती नदीको खोंचमा दुर्घटनाग्रस्त हुँदा चालक दलका ४ सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved