
नयाँ एयरलाइन्स कम्पनी आउने भएको छ । उद्योग विभागमा शिवम् एयरलाइन्स नामक हवाई उद्योग दर्ता भएको हो ।
उद्योगका मालिक दिनेश आचार्य हुन् । आचार्यले कम्पनी दर्ता पछि उद्योग विभागमा पनि दर्ता सकेका हुन् ।
कुल ८४ करोड ९१ लाख रुपैयाँ चूक्ता पूँजी भएको शिवम् एयरलाइन्सले ९८ जनालाई रोजगारी दिने उल्लेख छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने शिवम् एयरलाइन्सलाई २०७८ फागुन अन्तिममै उडान अनुमति दिइसकेको छ । शिवम् एयरले ३ वटा जहाज किनेर उडान गर्ने जनाएपनि हालसम्म उडान सुरु गरेको भने छैन ।
अब उद्योग विभागमा पनि दर्ताको काम सकेकाले चाँडै उडान सञ्चालनमा आउने बताइन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडानका लागि लिनुपर्ने अनुमतिको प्रक्रिया पनि चलिरहेको छ ।