
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेकअप’ लिन नसकेपछि बुद्ध एयरको विमान रनवेबाटै फर्किएको छ । भैरहवाको लागि उड्न ठिक्क परेको जहाजले टेकअप लिन नसकेपछि रनवेबाटै फर्काइएको हो ।
सोमबार काठमाडौँबाट भैरहवाको लागि उड्न लागेको यू ८४५ को विमान रनवेबाटै पार्किङमा फर्किएको हो ।
इन्डिकेटरमा समस्या आएपछि विमान रनवेबाट फर्काइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।
जहाज आज दिउँसो १ः२० बजे उड्ने तालिका भएपनि २ः५० बजे मात्रै उड्ने सुरसारमा थियो ।
बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार यात्रुहरुलाई अर्को विमानमार्फत भैरहवा पठाइएको छ ।