नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया उडान गर्ने, टिकट बुकिङ खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 05:04:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले जेठ २९ गतेबाट भैरहवा विमानस्थलबाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

नेपाल एयरलाइन्सले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने पक्का भएको नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा निगमले यो रुटमा साताको एक उडान गर्नेछ । 

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका लागि निगमले टिकट बुकिङ खुला गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved