पोखरा विमानस्थलबाट चीनमा चार्टर्ड उडान हुने भएपछि पोखरेलीहरु हर्षित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 10:29:19 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका शहरमा चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी असार ८ गते (जुन २३) देखि पोखरा विमानस्थलबाट चीनका शहरमा चार्टर्ड उडान हुन लागेको हो । 

बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखराबाट चीनका शहरहरुमा चार्टर्ड उडान सुरु हुने बताए । 

२०७९ पुस १७ गते (२०२३ जनवरी १) देखि सञ्चालनमा आएको नेपालको तेस्रो अन्तराष्ट्रिय विमानस्थल (पोखरा अन्तराष्ट्रिय विमानस्थल) बाट सञ्चालनको ५ महिनासम्म पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । तर, अब नियमित उडान नभएपनि चार्टर्ड उडान हुने भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुशी भएका छन् । 

उक्त विमानस्थल उद्घाटनका दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेपनि विदेशका कुनै पनि गन्तव्यमा यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । नेपाल आउने चिनियाँ पर्यटकमध्ये ८० प्रतिशत चिनियाँ पर्यटक पोखरा भित्रने गरेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् । पोखरा पुगेर चिनियाँ पर्यटकहरुले प्याराग्लाइडिङ गर्न रुचाउँछन् । अब सिधैँ पोखरा चार्टर्ड उडान हुने भएपछि कोरोनाले थलिएको पर्यटन व्यवसाय चलायमान हुने अपेक्षा व्यवसायीहरुको छ । 

चीनको एक्जिम बैंकको ऋण तथा अनुदान गरी २२ अर्ब र नेपालको १० अर्ब गरी ३२ अब लागतमा बनेको यो विमानस्थलमा न्यारोबडी एयर बस ३२०, बोइङ ७३५ जहाज उडान र अवतरण गर्न सक्छन् । विमानस्थलमा ३ ठूला र ८ साना जहाज पार्किङ गर्न सक्ने क्षमता छ । 

यो विमानस्थलको धावन मार्ग २५ सय मिटर लामो छ । विमानस्थलको चौडाइ ४५ मिटर छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved