नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडान अनुमति पायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 12:28:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडान गर्न अनुमति पाएको छ । सिड्नी विमानस्थलले नेपाल एयरलाइन्सलाई हप्तामा २ उडानका लागि अनुमति दिएको हो ।

सिड्नी विमानस्थलले साताका बिहीबार र शनिबारका लागि नेपाल एयरलाइन्सलाई स्लट दिएको हो । 

एयरपोर्टले अनुमति दिएपछि नेपाल एयरलाइन्सले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडान अनुमति माग गर्दै विवरण बुझाएको छ । निगमले जिएसए (जनरल सेल्स एजेन्ट) छनोट प्रक्रिया पनि अघि बढाएको छ । 

निगमले काठमाडौँबाट सिंगापुरमा ट्रान्जिट गरेर अष्ट्रेलियाको सिड्नी उडान गर्न लागेको हो । सिंगापुरमा ट्रान्जिट हुने भएकाले सिंगापुर र सिड्नीमा इन्धनका लागि कम्पनी छनोटको काम अघि बढाइएको निगमले जनाएको छ । 

निगमले वाइडबडी जहाजमार्फत अष्ट्रेलियाको सिड्नी उडान गर्न लागेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved