क्वालालाम्पुर–भैरहवा हवाई भाडा ११ हजार ४६१ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2023 | 03:39:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले क्वालालाम्पुर–भैरहवा रुटमा उडान गर्ने भएसँगै भाडा घटेको छ । यसअघि १२ हजार ७ सय रुपैयाँ तोकिएको यस रुटको भाडादर अब ११ हजार ४६१ रुपैयाँमा झरेको छ । नेपाल एयरलाइन्सले क्वालालाम्पुर–भैरहवा रुटमा ११ हजार ४६१ रुपैयाँ भाडा तोकेको हो ।

काठमाडौंबाट क्वालालाम्पुर जाने ए–३२० जहाज क्वालालाम्पुरबाट भैरहवा आउनेछ । त्यसपछि उक्त जहाज भैरहवाबाट काठमाडौं आउने छ । 

यो रुटमा जेठ २९ गतेबाट नेपाल एयरलाइन्सले हप्तामा एउटा उडान गर्नेछ । 

क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटको भाडा भने १२ हजार ३४६ रुपैयाँ तोकिएको छ । यसको अर्थ क्वालालाम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आउँदा १२ हजार ३४६ रुपैयाँ लाग्नेछ । 

यसअघि यो रुटको भाडादर १४ हजार ७२० रुपैयाँ थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved