थाइ एयरवेजले नेपालमा पुनः शुरु गर्‍यो उडान, जीएसए नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2024 | 06:01:07 PM मा प्रकाशित

nepal oil ltd

 थाई एयरवेज इन्टरनेशनलले नेपालमा आफ्नो सेवा पुनः शुरु गरेको छ ।

कम्पनीले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै औपचारिकरूपमा सेवा शुरु गरेको बताएको छ । थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता-काठमाडौं उडानमार्फत नेपालमा वायुसेवा शुरु गरेको थियो । कोभिड महामारीका कारण मार्च २०२२ देखि थाई एयरवेजको उडान बन्द थियो ।

कम्पनीले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई जेनरल सेल्स एजेन्ट(जीएसए) को रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो । हाल कम्पनीले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ ।

कम्पनीका डाइरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले भने, ‘काठमाडौं र बैंकक बीचको उडान सेवा पुनः शुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्य हो, यो सेवाले नेपाललाई थाइल्याण्डलगायत विश्वका ३० वटा अन्तरराष्ट्रिय गन्तव्यसँग जोड्नेछ ।’

सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाइ एयरवेजले नेपाली उड्डयन इतिहासमा लामो समय उडान गरेको छ ।

हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ । यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन् । हाल थाई एयरवेजसँग कुल ७३ वटा विमान छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved