सौर्य एयरलाइन्सको जहाज दुर्घटना,शव निकाल्ने क्रम शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2024 | 12:02:27 PM मा प्रकाशित

काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको ९ एनएएमई जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएको  छ।

उक्त कम्पनीको जहाज बुधबार करिब ११ बजे दुर्घटनामा परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले बताएको छ ।अहिले दुर्घटनामा निधन भएका यात्रुको शव निकाल्ने क्रम शुरु भएको छ ।

 दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

जहाजमा चालकदल सहित १९ जना रहेको स्रोतले बताएको  छ। दुर्घटनामा परेका  क्याप्टेन ३७ वर्षीय मनिष शाक्यको उद्धार गरिएको छ ।उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्र्रत्यक्षदर्शीका अनुसार जहाज उड्ने बित्तिकै जमीनमा खसेको थियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको बताएका छन् ।

थप विवरण आउन बाँकी छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved