नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा छुट्याउन सांसद एकमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2024 | 09:48:09 AM मा प्रकाशित

nepal oil ltd

नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा छुट्याउन सांसदहरु एकमत देखिएका छन्। प्रतिनिधिसभामा रास्वपा सांसद प्रस्तावक रहेको हवाई क्षेत्र कसरी सुरक्षित बनाउने भन्ने बिषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा सांसदहरु प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा छुट्याउन एकमत भएका हुन। 

छलफलमा भाग लिएका सांसदहरुले नेपाली आकाशलाई सुरक्षित बनाउन र अन्तराष्ट्रिय निकायको नजरमा पनि उत्कृष्ट हुनलाई प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा छुट्याउनु पर्ने प्रस्ताव राखेका छन्। 

रास्वपा सांसद सोविता गौतमले नियामक संस्थाले आफ्नो क्षेत्रधिकारभित्रको नियमन मात्र गर्नुपर्ने र अरु काम गर्दा स्वार्थ बांझिने धारणा व्यक्त गरेकी छन्। त्यस्तै माओवादी केन्द्रका सांसद तथा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नियामक र सेवा प्रदायक पहिल्यै नै छुटाउनैपर्ने तर शक्तिशाली व्यक्तिको छायाँमा परेकाले यस्तो हुन नसकेको बताए। उनले ३० वर्षदेखि प्राधिकरणलाई छुटाउन शक्तिसंघर्ष चलिरहेको बताउदै नियामक र सेवा प्रदायक छुटाउने बिधेयक ल्याउनलाई मन्त्रीलाई सुझाव दिए। 

त्यस्तै नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले साढे दुई बर्षयता नेपालमा ८ वटा दुर्घटना भएको र त्यसमा १२३ जनाले ज्यान गुमाएको भन्दै यसको जिम्मेवार अहिलेका डिजी भएको बताए। 

नेपाली कांग्रेसका सांसद तथा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेले विधेयकमा अर्थले रायसहितको सहमति दिइसकेको जानकारी गराउदै त्यसलाई कानुन मन्त्रालयमा तर्जुमा सहमतिका निम्ति पठाएको बताए। 

एकै निकाय नियामक र सेवाग्राही हुन नहुने भन्दै बर्षौदेखि आवाज उठेपनि अहिलेसम्म यो बिषय कार्यन्वयन हुन सकेको छैन। नेपालमा नियामक र सेवाग्राही एकै निकाय भएको कारण देखाउदै युरोपियन युनियनले नेपालको आकाशलाई कालो सुचीबाट हटाउन मानिरहेको छैन। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved