वायुसेवा निगमका कर्मचारीको बिदामा कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2024 | 08:43:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले दसैँ, तिहार र छठ पर्वका अवसरमा आफ्ना कर्मचारीहरुको बिदामा कडाई गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आगामी दसैँ, तिहार र छठ पर्वमा नेपाल वायुसेवा निगमका जहाजहरूमार्फत नियमित उडानहरू सुचारु राख्न २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।

अधिकारीले निगमका नायव महाप्रबन्धक (प्रा.), इन्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ्ग एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखहरूलाई यस्तो निर्देशन दिएका हुन ।

यसै गरी अत्यावश्यक र अत्यन्त जरुरी बाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र मातहत कर्मचारीहरूलाई समेत नपठाउन प्रस्ट निर्देशन दिइएको छ ।

साथै, उक्त अवधिमा निगमका सबै विभागका इन्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीहरूलाई कार्यालयको काममा वाधा पर्ने गरी बिदा नदिनसमेत निर्देशन अधिकारीले निर्देशन दिएका छन् ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved