पोखरा छेन्दु पहिलो चार्टर उडान सफल, सिचुवान एयरलायन्सको जहाज आधा धावनमार्गमै टेकअफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2025 | 02:10:47 PM मा प्रकाशित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक चीनको छेन्दुका लागि व्यावसायिक चार्टर उडान सफलतापूर्वक सम्पन्न भएको छ। सिचुवान एयरलाइन्सको ए३१९ विमानले १२६ यात्रु, चालक दलका सदस्यहरू, पूर्ण हवाइ इन्धन तथा सामानसहित पोखराबाट छेन्दुका लागि ऐतिहासिक उडान भरेको हो।

विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपलब्ध धावनमार्गको आधा हिस्सा मात्र प्रयोग गरी सफल टेकअफ गरेको विमानस्थल स्रोतले जनाएको छ। यो सफल परीक्षण उडानसँगै पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सम्भाव्यता बलियो भएको अधिकारीहरूले बताएका छन्।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासपछि यो उडान भएको हो।

तीनवटा चाटर्ड उडानपछि एयरलायन्सले नियमित उडान सञ्चालन गर्ने योजना बनाएको छ। चाटर्ड उडानका लागि एयरलायन्सले रु ६२ हजार भाडादर तोकेको छ। तीनवटा चाटर्ड उडानपछि नियमित उडानका लागि नयाँ भाडादर र तालिका सार्वजनिक गरिने बताइएको छ। पोखरा–छेन्दु उडान यहाँको पर्यटन विकासमा महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।

निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको विशेष पहल, पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलायन्स र नेपालस्थित चाइनिज एशोसिएशनको सहकार्यमा पहिलो व्यवसायिक चाटर्ड उडान सम्भव भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताएका छन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved