वायुसेवा निगमद्वारा चैत्र मसान्तसम्ममा ५३ करोड ऋण भुक्तानी, अब थप राहत खोज्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2025 | 09:50:46 AM मा प्रकाशित

nepal oil ltd

नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ऋण किस्ताबापत २०८१ सालको चैत्र मसान्तसम्ममा झन्डै ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व अन्तर्गत दुई न्यारोबडी जहाजको पूरै किस्ता र दुई वाइडबडी जहाजको आंशिक किस्ता गरी २०८१ सालको चैत्र ३१ गतेसम्म कुल ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ (अक्षरेपी त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ) रकम तिरेको हो ।

निगमको वर्तमान नेतृत्वले २०८१ साल चैत्र मसान्तसम्मको अवधिमा जम्मा ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जानकारी गराइएको छ । निगमले विगतमा व्यावसायिक संकटका बीच पनि आफ्ना ऋण दायित्व पूरा गर्दै आएको उल्लेख गर्दै आएको छ ।

यस्तै, कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा गम्भीर असर परेकाले सो अवधिको ब्याज, ब्याजको ब्याज, हर्जाना तथा जरिवाना छुट गरिदिन र किस्ताको संख्या बढाई भुक्तानी प्रक्रियालाई सहज बनाइदिन निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई औपचारिक अनुरोध गरेको छ ।

निगमले पठाएको अनुरोध पत्रका आधारमा दुई निकायबीच छलफल समेत प्रारम्भ भइसकेको र निकट भविष्यमा सकारात्मक निर्णय हुने अपेक्षा गरिएको छ । कोषहरूसँगको समन्वयबाट ऋण व्यवस्थापन थप व्यवस्थित गरिने निगमको भनाइ छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved