महालक्ष्मी बिकास बैंकको शाखा दमक बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2018 | 09:55:38 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैंकले झापाको दमक नगरपालिका वडा नं ७ स्थित दमक बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। दमक नगरपालिकाका मेयर रोमनाथ ओलीबाट शो शाखा कार्यालयको उद्घाटन भएको बैंकले जनाएको छ। 

सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।       

यससंगै बैंकको शाखा संख्या ८५ पुगेको छ। बैंकले ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यस अवधिमा बैंकले २६ अर्ब ८४ करोड निक्षेप संकलन गरि २४ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ। हाल बैंकको चुक्ता पुंजी २ अर्ब ८४ करोड छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved