महालक्ष्मी बिकास बैंकको शाखा बाराको प्रसौनीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2018 | 10:27:30 AM मा प्रकाशित

laxmi sunrise bank

महालक्ष्मी विकास बैंकले देशभर सेवा विस्तारको क्रममा बाराको प्रसौनी गाउँपालिका वडा नं २, स्थित प्रसौनीमा शाखा कार्यालय संचालनमा ल्याएको छ। यससंगै बैंकको शाखा संख्या ८५ पुगेको छ।  

प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले सो शाखाको उद्घाटन गरे। सो अवसरमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।         

महालक्ष्मी विकास बैंकले शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ। यस अवधिमा बैंकले २६ अर्ब ९२ करोड निक्षेप संकलन गरी २४ अर्ब ०९ करोड कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुंजी २ अर्ब ८४ करोड छ।   


 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved