एक शिक्षक एक ल्यापटप अभियानमा मुक्तिनाथको साथ, सहजै कर्जा उपलब्ध

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 12:46:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ बिकास बैंक @Mu र आइसीटि इन एजुकेशन नेपालबीच शिक्षण सिकाई कार्यलाई प्रविधियुक्त बनाउनेबारे सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट मुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईसिटीईनको तर्फबाट प्रबन्ध निर्देशक मोहन बहादुर राउतले हस्ताक्षर गरे। 

सम्झौता अनुसार सरकारी,सामुदायीक तथा नीजि विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्यापटप खरिदका लागि मुक्तिनाथ विकास बैंकले सरल प्रकृयामा कर्जा उपलब्ध गराउनेछ। यो कर्जा बैंकको नेपाल अधिराज्यभरका शाखा कार्यालयहरुबाट उपलब्ध गराईने बैंकले जनाएको छ। 

नेपालका सरकारी,सामुदायिक तथा नीजि विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यलाई प्रबिधियुक्त बनाउने उदेश्यले यो कार्यक्रम ल्याइएको जनाइएको छ। यसबाट विद्यालय,शिक्षक र बिद्यार्थिहरु समेत लाभान्वित हुने र विद्यालयको शैक्षिक गुणस्तरमा प्रभावकारीता आउने अपेक्षा गरिएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved