सबैको लघुवित्तको दोश्रो साधारणसभा सम्पन्न, आइपीओ निष्काशन गर्ने निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2018 | 09:45:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओं) निष्काशन गर्ने भएको छ। लघुवित्तको दोस्रो साधारणसभाबाट चालू आर्थिक बर्षमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष सृजना जोशीले बताइन। 

सबै लघुवित्तले तनहुँको बन्दीपुर १ डुम्रेमा केन्द्रिय कार्यालय राखी ३३ शाखाहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। २०७४ असार ३० देखि आर्थिक कारोबार थालेको लघुवित्तले गत मङ्सिर मसान्तसम्म १९ हजार १२९ सदस्यलाई १ अर्ब ५ करोड ८२ लाख २८ हजार लगानी गरेको छ भन २१ करोड ३२ लाख ५७ हजार बचत गरेको छ। 

यस अवधिमा संस्थाले ९१ लाख २ हजार खुद मुनाफा आर्जन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब पौडेलले जानकारी दिएका छन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved