
 2mb (1).gif)
साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुुनील स्मृति गाउंपालिका स्थित सुुलीचौर शाखा कार्यालय विधीवत रुपमा संचालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन बैंकका संचालक अच्युुत प्रसाद प्रसाई तथा सुुनील स्मृति गाउंपालिकाका अध्यक्ष गुुनेन्द्र घर्तिले संयुुक्त रुपमा गरे।
उक्त कार्यक्रममा बैंकका संचालक अच्युुत प्रसाद प्रसाई, सोही गाउँपालिकाका वडा अध्यक्ष गन्ज बहादुर क्षेत्री, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष वालकृष्ण सुवेदी, तथा ग्राकहका तर्फबाट स्थानीय व्यापारी बीर बहादुर घर्तीले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।
सुुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट ग्रामिण क्षेत्रका जनताहरु बिच आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै देशभर सर्व सुलभ बैंकिङ्ग सुविधाको पहुुंच पुुर्याउने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए।
बैंकले सातै प्रदेशमा रहेका ७७ वटा शाखा कार्यालय, २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेकोछ।