
 2mb (1).gif)
मुक्तिनाथ विकास बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई तिब्रता दिएको छ। यहि क्रमलाई निरन्तरता दिंदै बैंकको ललितपुरको कुपण्डोल शाखाले ललितपुर बजार तथा टोलमा डस्टबीन वितरण र मोरङ्गको उर्लाबारी शाखाले नमुना बालगृहलाई सरसफाईको सामाग्री वितरण गरेको छ।
त्यस्तै बैकको नवलपरासीको दलदले शाखाले कालिका मा.वि.लाई खेलकुद सामाग्री वितरण तथा केन्द्रिय कार्यालय काठमाण्डौंले कार्यालय परिसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु पुष २२ सम्म जारि रहने बैंकका सूचना अधिकारि तिल बहादुर गुरुङले जानकारी दिए।