कामना सेवा विकास बैंकको शाखा गोंगबुमा, थप २२ शाखा संचालनको तयारिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2019 | 11:38:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा बिकास बैंक Kamana Sewa Bikas Bank Limited  ले टोखा नगरपालिकाको गोंगबुमा आफ्नो शाखा संचालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन बैंकका संचालकद्वय देव कृष्ण काफ्ले र विशेश्वर सुवेदी तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेतले संयुक्त रुपमा गरे। 

यससंगै बैंकको शाखा संख्या ६३ पुगेको छ। बैंकका कामु सीईओ बस्नेतले बैंकले प्रदेश नं १ र २ का विभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र  काठमाडौं उपत्यकामा थप ३ वटा ठाउँमा गरि कुल २२ वटा शाखा संचालनको क्रममा रहेको बताए।  

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved