लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीका असहाय बिद्यार्थीलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2019 | 12:35:36 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैक लिमिटेडले टुहुरा तथ् असहाय बिद्यार्थीहरुका लागि आर्थिक सहयोग गरेको छ। बैंकले सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीमा आश्रित बिभिन्न १६ जिल्लाका २८ टुहुरा तथा असहाय बिद्यार्थीहरुलाई एक बर्षसम्मको लागि दैनिक खाजा व्यवस्थाको लागि आर्थिक सहयोग गरेको हो। 

यस सहयोगका लागि बैंकका संचालक सुशीलराज पराजुलीले सहारा एकेडेमीका अध्यक्ष केशब बहादुर थापालाई २ लाख ९४ हजार को चेक हस्तान्तरण गरेका छन। सो चेक हस्तान्तरणको अवसरमा बैंकका नायव प्रमूख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य व्यवस्थापक तथा कम्पनी सचिव हरिकृष्ण सूवेदी, पोखरा शाखाका प्रबन्धकहरु प्रकाशचन्द्र पहारी, बल बहादूर थापा साथै सहारा क्लवका पूर्व अध्यक्ष विक्रम थकाली लगायतको उपस्थिती थियो ।  

उक्त रकम हस्तान्तरण गर्दै बैंकका सञ्चालक पराजूलीले बैंकले सहारा क्लवलाई विगत देखि विभिन्न किसिमले सहयोग गर्दै आईरहेको र यस किसिममा विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्ने एवं बैंक आफै प्रत्यक्ष सहभागी भई सेवा पुर्याउने बताए। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको हो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved