कालिका लघुवित्तका अध्यक्ष खाँडद्वारा सपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 10:04:41 PM मा प्रकाशित

laxmi  sunrise bank

कालिका लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष कृष्ण खाणले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन। नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष अध्यक्ष खाँणले पद तथा गोपनियताको शपथ लिएका हुन।

संस्थाको ९औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सर्वसम्मत निर्विरोध निर्वाचित भएका थिए । त्यसपछि बसेको संचालक समितिको १६५औं बैठकले संचालक खाँणलाई अध्यक्षमा चयन गरेको थियो ।

सपथग्रहण कार्यक्रममा संस्थाका सर्वसाधारण तर्फका संचालक विश्वराज नेपाल, करुणा पोख्रेल, प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा तथा राष्ट्रबैंकका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

संस्थाले २०७५ माघ मसान्तसम्ममा २५ जिल्लाका ७० वटा शाखा कार्यालय मार्फत करिव ३३ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ । संस्थाले सदस्यहरुबाट ६१ करोड ६१ लाख निक्षेप संकलन सहित १अर्ब ६० करोड कर्जा लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बताए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved