गरिमा बिकास बैंकको एकै दिन ६ नयाँ शाखा उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2019 | 11:23:48 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले एकैदिन आधा दर्जन नयाँ शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ। बैंकले चितवनको टांडी र कंचनपुरको महेन्द्रनगर शाखा कार्यालयको समुद्घाटन साथै एकै दिन ६ नयाँ शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको हो। 

टांडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र महेन्द्रनगर शाखा कार्यालयको उद्घाटन भीमदत्त नगरपालिकाकी उप प्रमुख शुशिला चन्द सिंहले गरे।    

साथै, विकास बैंकले नुवाकोटको बट्टार, लमजुङको बेसीशहर, बाँकेको चप्परगढी, र सुर्खेतको बीरेन्द्रनगरमा समेत नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर ७२ शाखा कार्यालय सञ्चालनमा रहेका छन भने विकास बैंकले निकट भविष्यमा चितवनको मिलनचोक, कास्कीको हेम्जा पर्साको बीरगञ्ज र दाङ्गको तुल्सीपुरमा समेत शाखा कार्यालय खोल्ने सामान्य  प्रशासन विभागका प्रमुख इश्वरी प्रसाद ढकालले जनाएका छन।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved