
ज्योती बिकास बैंक Jyoti Bikash Bank Limited ले एकै दिन पांच नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले काठमाडौं, भक्तपुर, काभ्रे र किर्तिपुरमा गरि एकै दिन पांच नयाँ शाखा संचालनमा ल्याएको हो।
बैंकले भक्तपुरको बोडे, काभ्रेको बनेपा, काठमाडौंको साँखु, बलम्बु र किर्तिपुरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो। यससंगै बैंकको शाखा संख्या ८५ पुगेको छ। बैंकले यसै आर्थिक बर्षभित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ वटा एटिएम संचालनमा ल्याउने जनाएको छ।
यसअवधिमा बैंकले आफ्ना डेढ लाख बढी ग्राहकबाट २३ अर्ब ६३ करोड निक्षेप संकलन गरि १२ हजारभन्दा बढी ऋणीहरुलाई २१ अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ।
यसअवधिमा बैंकको चुक्ता पुंजी २ अर्ब ५९ करोड छ। हाम्रो बिकास बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार थाल्ने तयारिमा छ। एकीकृत कारोबार पश्चात बैंकको चुक्तापुंजी ३ अर्ब १० करोड पुग्ने बैंकका सञ्चालन विभाग प्रमुख बलदेव थापाले जनाएका छन।