एनआईबिएलको वार्षिकोत्सव बिशेष: मासिक ३३३ बचत गर्दा ९.२५ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 07:50:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंक Nepal Investment Bank Limited ले ३३ औ वार्षिकोत्सवको अवसरमा एनआइबिएल क्रमिक मुद्दती खाता संचालनमा ल्याएको छ । यस अन्तर्गत हरेक महिना न्युनतम ३ सय ३३ जम्मा गरेर ३३ महिनाको अवधिका लागि  ९.२५ प्रतिशत ब्याज पाउन सकिने बैंकले जनाएको छ ।  

त्यस्तै बैंकले बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उदेश्यले  बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नाममा चित्रकथा सार्बजनिक गरेको छ । विषेश गरी वालवालिकाहरुलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विबास गर्नका लागि बाल चित्रकथा प्रकाशनमा ल्याएको बैंकले जनाएको छ । 

त्यस्तै वार्षिकोत्सवको अवसरमा भिसा कार्ड प्रयोगकर्ताको लागि पिओएस मेसिन प्रयोग गर्दा  ३३ दिनको लागि ३३ प्रतिशत क्यास ब्याक अफर प्रदान गर्ने भएको छ । यस वर्षदेखि बैंकले आफ्ना कार्ड संजालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ । 

बैंकले ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, ११० वटा एटिएम तथा ३,६६५ वटा पिओएस मेसिन बाट सेवा दिइरहेको छ । हाल बैंकको १२ अर्ब ५८ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved