मुक्तिनाथ विकास बैंकद्वारा ४५ हजारलाई वित्तीय साक्षरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 11:58:11 PM मा प्रकाशित

nepal oil ltd

मुक्तिनाथ विकास बैंकले एकै दिन ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ। 'सबैमा वित्तीय साक्षरता, आजको आवश्यकता' भन्ने मूल आशयले वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ। 

बैंकए तनहुँ, पोखरा, कास्की, रुपन्देहीका बिद्यालय र चितवनको एक सहकारी संस्था गरि ५ स्थानमा वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको हो। बिगत ५ बर्षदेखि यस्तो कार्यक्रम गर्दै आएको बैंकले हालसम्म २४१ वटा वित्तीय साक्षरता कार्यक्रम मार्फत कुल  ४५,००० जना सहभागीहरुलाई वित्तिय साक्षरता प्रदान गरी सकेको जनाएको छ। 

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग,सफा नोटको प्रयोग , बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्य गरिएको बैंकले जनाएको छ। 

विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको बैंकले जनाएको  छ। 

 








Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved