नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरका नयाँ नोट छाफ्ने जिम्मा बेलायती कम्पनीलाई दिएको छ। राष्ट्र बैंकले बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीलाई एक सय रुपियाँ दरका ४० करोड थान नोट छाप्ने जिम्मा दिएको हो ।
राष्ट्र बैंकले ८० लाख ७२ हजार पाउण्ड अर्थात एक अर्ब १८ करोड ८४ लाख ७५ हजारमा ठेक्का सम्झौता गरेको हो। यस हिसाबमा प्रति नोटको छपाई मूल्य २ रुपियाँ ९७ पर्ने छ ।
राष्ट्र बैंकले अघिल्लो साता ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा लगाएको थियो। राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्ने जिम्मा फ्रान्सको कम्पनीलाई ४७ करोड ७२ लाख युरोमा ठेक्का दिएको हो।