एभरेष्ट बैंकमा भएको खाताको विवरण भारत जादैन: अर्थमन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 02:21:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले बैंकमा खाता खोल्दा ग्राहकले बुझाउने सम्पूर्ण विवरण सम्बन्धित बैंकमा सुरक्षित रहने बताएका छन्  ।  प्रतिनिसभाको बुधबारको बैठकको प्रश्नोतर कार्यक्रममा  मन्त्री खतिवडाले ति विवरणहरु गोप्य हुने बताएका हुन्  ।  

बैठकमा सांसदहरुले मन्त्री र सांसदहरुको खाता सरकारी बैंक मै हुनु पर्ने ब्यबस्था माग गरेका थिए ।  हाल राष्ट्रपतिदेखि, मन्त्री , सांसद र विभिन्न दलका प्रमुख नेताहरुको खाता एभरेष्ट बैंकमा रहेको छ । एभरेष्ट बैंकमा भारतको पन्जाब नेशनल बैंकको स्वामित्व छ । समय समयमा एभरेष्ट बैंकमा रहेको विवरण भारतीय बैंकले दुरुपयोग गरेको समाचार आउने गरेका छन् ।

तर अर्थमन्त्री खतिवडाले नेपाल भित्र रहेको बैंकमा बुझाएको विवरण नेपाल भन्दा बाहिर कतै नजाने बताएका हुन् । बिदेशी लगानी भएको बैंकमा रहेको विवरण पनि नेपाल भन्दा बाहिर नजाने उनले दाबी गरे । उनले भने ' नेपाल भित्र रहेका बैंकमा खाता खोल्दा दिएको विवरण आवश्यक परे अदालत र राष्ट्र बैंकले मात्र हेर्न पाउछ, त्यस भन्दा बाहिर कुनै पनि विवरण जादैन'। एभरेष्ट बैंक र पन्जाब बैंकको नाम नलिई मन्त्री खतिवडाले केवाईसी लगायतका जानकारी नेपाल भित्र मात्र रहने र त्यो गोप्य हुने बताएका हुन्  । 

उनले सांसद र मन्त्रीहरुले आफुले रोजेको र चाहेको बैंकमा खाता खोल्न पाउनु पर्ने र जुनसुकै बैंकको खातामा रकम पठाउने ब्यबस्था गर्न संसद सचिवालयलाई सहयोग गर्न सरकार तयार रहेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved