ज्योति र हाम्रो विकास बैंकको एकिकृत कारोबार सुरु हुने मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 08:24:06 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले आगामी चैत्र १५ गतेदेखि एकिकित कारोबार गर्ने भएको छ  । एक जिल्ले कार्य क्षेत्र रहेको हाम्रो विकास बैंकलाई गाभेपछि कम्पनीले चैत्र १५ गतेदेखि एकिकृत कम्पनीको कारोबार सुरु हुने भएको हो  । 

यी दुई बैंकबीच गत असार ३१ गते एक्विजिसन सम्बन्धि सम्झौता भएको थियो  । हाम्रो विकास बैंकले कार्तिक ११ गते साधारणसभा गरेर र ज्योतिले असोज २९ गते साधारणसभा गरेर उक्त प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले पुस १२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो भने फागुन २७ मा कम्पनी रजिस्ट्रारको कार्यालयले स्वीकृति प्रदान गरेको थियो  । 

यस संगै चैत्र १५ गते शुक्रबारदेखि ज्योति विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन् लागेको हो  ।  यी दुई बैंक १:१ को स्वाप रेसियोमा मर्ज भएका हुन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved