धितोपत्र बोर्डद्धारा दुई नम्बर प्रदेशमा पूँजीबजार सम्बन्धी अन्तरक्रिया सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2019 | 12:38:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले प्रदेश नम्बर २ मा पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । लहान उद्योग वाणिज्य संघको सहयोगका सिराहाको लाहानमा पूँजीबजार सम्बन्धी लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

स्थानीय उद्योगी, व्यापारी, विधार्थीहरु, लगानीकर्ताहरु, व्यवसायीहरु सहभागी थिए धितोपत्र बोर्डका सहायक निर्देशक तोलाकान्त न्यौपानेले धितोपत्र बजार तथा वस्तु विनिमय बजारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले छरिएर रहेको पूँजीलाई एकत्रित गरी परिचालन गर्न सक्नुपर्ने बताए । उनले बजारलाई बुझेर मात्रै लगानी सम्बन्धी निर्णय लिनुपर्ने बताए । देशको आर्थिक विकासमा पूँजिबजारको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

बोर्डले लाहानको जेएस मुरारका बहुमुखी क्याम्पस तथा एभरेष्ट कलेजमा छुट्टाछुट्टै कार्यक्रम पनि गरेको छ । जनकपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा बोर्डले जनकपुरधाममा पूँजीबजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved