पोखरा महानगरमा बैशाखदेखि यात्रा स्मार्ट कार्ड, आम्दानी सेटलमेन्ट ओमबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2019 | 11:52:40 PM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंक Om Development Bank Limited  र एनक्लाउडबीच सवारी साधनमा प्रयोग हुने स्मार्ट कार्ड सम्बन्धमा समझदारी भएको छ। यससम्बन्धि समझदारीपत्रमा बैंकका तर्फबाट मुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र एनक्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन। 

सहमतिअनुसार स्मार्ट सिटीको अवधारणा अन्तर्गत पोखरा महानगरपालिकाले आगामी २०७६ बैशाख देखी महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुमा लागु गर्न गइरहेको इ– टिकेटिङ सिस्टमको लागी आवश्यक हुने यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंक मार्फत हुनेछ। 

त्यस्तै ओम बैंकले प्रथम चरणमा पोखरा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट यात्रा कार्ड वितरण गर्ने बताइएको छ।

यसअघि एनक्लाउड र पोखरा महानगरपालिका बीच यसै परियोजनाको लागी महानगरपालिका भित्र सञ्चालनमा रहेका यातायात व्यबसायी समितिहरुको प्रतिनिधिको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । एनक्लाउडले काठमाण्डौ उपत्यकामा चल्ने साझा यातायातका सवारी साधनमा यो सेवा जडान गरी संचालन गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved