बाणिज्य बैंकहरुले खाता खोल्दा एक सय रुपैयाँ थपिदिदा के गर्दै छन् विकास बैंक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2019 | 01:04:37 PM मा प्रकाशित

laxmi  sunrise bank

विकास बैंकहरुले पनि  ‘खोलौं बैंक खाता’ अभियान अन्तर्गत खोलिने खातामा आफ्नो तर्फबाट ग्राहकको खातामा १ सय रुपैयाँ जम्मा गरिदिने भएका छन् । डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष गोबिन्द ढकालले सरकारको यस अभियानमा आफुहरुको पनि पूर्ण साथ रहेको बताए। सबै विकास बैंकहरुले यस अभियानमा बाणिज्य बैंक हरुले जस्तै १ सय रुपैयाँ ग्राहकको खातामा थपिदिने उनले प्रष्ट पारे । 

 प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभा गृहमा उदघाटन गरेर यस अभियानको सुरुवात गरेका हुन् । बाणिज्य बैंकहरुले यस अभियानको बारेमा संचार माध्यमहरुमा ब्यापक प्रचार प्रसार गरेका छन् ।  झट्ट हेर्दा बाणिज्य बैंकहरु मात्र यस अभियानमा संलग्न हुन पाउने देखिए पनि त्यो सत्य होइन  ।  नेपाल राष्ट बैंकले बाणिज्य बैंक सहित विकास बैंक र फाइनान्सहरुलाई समेत यस अभियानमा सामेल हुन् निर्देशन दिएको छ । तर आफ्नो तर्फबाट बैंकले थप्ने एक सय रुपैयाँ भने अनिवार्य होइन । राष्ट्र बैंकले आफ्नो तर्फबाट एक सय थप्न सक्ने ब्यबस्था गरिदिएको हो , थप्नै पर्ने भने होइन । यद्यपि अभियानमा साथ दिने उदेश्यले बाणिज्य बैंक र विकास बैंकहरुले एक सय थपिदिने निर्णय गरेका हुन् । यो रकम बैंकले हरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत खर्चको रुपमा देखाउन सक्ने गरि नेपाल राष्ट्र बैंक छुट दिएको छ । 

‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानमा नेपाली जनतालाई सहभागी गराउन एक सय रुपैयाँको आकर्षण 'प्याकेज' समेत ल्याएको छ। यस अभियान अन्तर्गत खाता खोल्दा बैंकले खातावाहकको खातामा एक सय रुपैयाँ जम्मा गरिदिन्छन। नेपाली जनतालाई समृद्धिको अभियानमा जोड्नलाई यो अभियान थालिएको सरकारको दाबि छ। त्यसको त नेकपा नेतृत्त्वको सरकारले चालु आर्थिक वर्ष २०७५/७६ को बजेटमा नै हरेक नागरिकलाई बैंकिङ पहुँचमा ल्याउने लक्ष्य राखेको थियो। 

तर यस अभियानको सय रुपियाँ पाउनको लागि यस अघि कतै पनि बैंक खाता नभएको हुनु पर्छ ।

कसले बेहोर्छ जनताले पाउने एक सय रुपैयाँ ?

बैंकहरुले आफ्नो खुद मुनाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने कानुनी व्यवस्था छ। बैंकहरुले बिभिन्न संघ, संस्था, बिद्यालय तथा अशक्त, बिरामी, अनाथ बालबालिका, सामग्री वितरण लगायतका काममा उक्त शिर्षकको रकम खर्च गर्दै आएका थिए। 

अब यहि सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम मध्येबाट यस अभियान अन्तर्गत खाता खोल्नेहरुलाई बैंकहरुले सय रुपैयाँ जम्मा गर्नुपर्नेछ।  

बैंकिङ पहुँच न्यून 

लघुवित्त तथा सहकारीहरुलाई समेत गणना गर्ने हो भने देशका धेरै स्थानहरुमा बैंकिङ पहुँच पुगेको छ। तर पनि बैंकमा खाता खोल्नेहरुको उपस्तिथीलाई हेर्ने हो भने र बैंकिङ कारोबारलाई आधार मान्ने हो भने अझैं पनि ४० प्रतिशत भन्दा बढी नेपाली जनता बैंकिङ पहुँच भन्दा बाहिर रहेका छन। 

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाकाअनुसार हाल २ करोड ६८ लाख बैंक खाता खोलिएका छन। यो संख्या नेपालको जनसंख्या बराबर भएपनि एकै व्यक्तिले धेरै खाता खोल्ने भएकाले यस्तो देखिएको हो। अझैं पनि ४० प्रतिशत नेपाली जनताको बैंक खाता नभएको अध्ययनले देखाएको छ। नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढुंगानाले यस अभियानका कारण बैंक खाताको संख्या ३ करोडदेखि ४ करोडसम्म पुग्ने बताएका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved