बैंकहरुको निशुल्क बीमा स्किममा बीमा समितिको आपत्ति, एजेन्ट लाइसेन्स रोक्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 06:39:35 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय बैंकहरुले ग्राहक तान्न बीमा सम्बन्धी बिभिन्न प्याकेजहरु ल्याएका छन। त्यसमा पनि निशुल्क बीमा सुविधा दिने बिषयमा बैंकहरुबीच तिब्र प्रतिस्पर्धा चलेको छ। 

तर बैंकहरुले प्रचार प्रसार गरिरहेको निशुल्क बीमा सेवा गलत भएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले बताएका छन। नेपाल राष्ट्र बैंकले आयोजना गरेको पुर्व बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले बैंकहरुले निशुल्क बीमा सेवा दिने भनेर गरेको प्रचार प्रसार प्रति आपत्ति जनाएका छन।

बीमा कहिल्यै पनि निशुल्क नहुने तर बैंकहरुले निशुल्क भनेर प्रचार गरेको बताउदै अध्यक्ष चापागाईले बैंकहरुले आफुलाई नसच्याए संस्थागत एजेन्टबाट बैंकहरुलाई रोक्ने चेतावनी दिए। 

पछिल्लो समय बीमाको बिस्तार र बिकास भएकाले बीमा बजार बढेपनि बीमा निशुल्क पाइन्छ भन्ने बैंकहरुको प्रचारले सर्वसाधारणमा भ्रम सिर्जना  भएको उनले बताए। नविल, सनराइज, एनआईसी एसिया र एनएबी बैंक लगायतले निशुल्क बीमा सुविधा भनेर प्रचार गरिरहेका छन। 

त्यस्तै बीमा समितिले विपत ब्यवस्थापनको लागि लक्षित सम्पति बीमालेख कार्यन्वयनमा ल्याएको र यसलाई सरकारले बजेट मार्फत अभियानको रुपमा अगाडि बढाउन बजेटमा नै ब्यवस्था गर्न आग्रह गरे । बीमा समितिले ल्याएको नयाँ सम्पति बीमालेखमा ४० पैसामा नै १ हजार सम्मको जोखिम बहन हुने उनले बताए । २०७२ सालको विनासकारी भुकम्पमा ९ खर्बको क्षति हुँदा जम्मा १५ अर्बको मात्र दावी परेको स्मरण गर्दै सरकारले सम्पती बीमालाई अभियानको रुपमा अगाडी बढाउनुपर्ने उनले सुझाब दिए।

नेपालमा कृषिजन्य बस्तुको निर्यातको सम्भावना उच्च रहेकाले कृषि बीमामा सरकारले ७५ प्रतिशत अनुदान दिनु राम्रो रहेकाले त्यसलाई निरन्तरता दिनलाई चापागाईले सुझाब दिए। लघुबीमा कार्यक्रम पनि प्रभावकारी भइरहेकोले कृषि बीमामा जस्तै लघुबीमामा पनि बजेट मार्फत अनुदानको ब्यवस्था गर्न समेत उनले सुझाव दिए । यसका साथै आयातमा एल्सिको कारोबार गर्दा हुने जोखिमलाई पनि मध्यनजर गर्दै बजेट मार्फत एल्सीमा पनि अनिवार्य बीमा गर्नुपर्ने ब्यवस्था गर्न उनले सुझाव दिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved