राष्ट्र उत्थानको औपचारिक उद्घाटन ८ करोड ५० लाखको आईपीओ आउने

विजय पराजुली

विजय पराजुली

May 07, 2019 | 03:00:40 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्तले सोमबार हेटौडामा एक कार्यक्रमको आयोजना गरी औपचारीक रुपमा उद्घाटन गरेको छ ।  नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले लघुवित्तको औपचारकि शुभारम्भ गरेका छन् । 

२०५४ सालमा लघुवित्तका कार्यक्रमका प्रवद्धकको रुपमा चिनीने मोहम्मद युनुसले संचालन गरेको संस्था ग्रामीण ट्रष्ट बंगलादेशको २० हजार अमेरिकी डलरको सहयोगबाट नेपाल ग्रामीण विकास संस्था (नेरुडो) को नामबाट संस्थाले लघुवित्त कार्यक्रम सुरु गरेको थियो । नेपाल राष्ट्र बैंकले एनजीओ मार्फत लघुवित्त कार्यक्रम संचालन गरिरहेका संस्थालाई लघुवित्तमा रुपान्तरण गर्ने नीति लिएसँगै संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु गरेको थियो ।

लघुवित्तको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक रेग्मीले लघुवित्तलाई व्यवस्थित र जिम्मेवार बनाउन नयाँ नीति ल्याइने उल्लेख गरे । ग्रामीण क्षेत्रमा काम गरिरहेकोले लघुवित्तको भविष्य राम्रो रहेको तर लघुवित्तको संख्या धेरै हुँदा दोहोरोपनाको सममस्या आएको उल्लेख गरे । लघुवित्तलाई ब्यवस्थीत बनाउन लघुवित्तको मर्जरलाई जोड दिने नीति नेपाल राष्ट्र बैंकले ल्याउने तयारी गरिरहेको उनले बताए । त्यसको लागि लघुवित्त सम्बन्धी नीति परिवर्तन गर्ने तयारी भइरहेको उनको भनाई छ । नेपालमा २० देखि २५ वटाभन्दा धेरै लघुवित्त संस्था आवश्यक नपर्ने उनको तर्क छ । 

कार्यक्रलाई सम्बोधन गर्दै लघुवित्तका कार्यकारी निर्देशक सुधीरप्रसाद लोहनीले ग्रामीण क्षेत्रको आर्थिक विकासमा राष्ट्र उत्थानले नविनतम र प्रभावकारी भूमिका खेल्ने बताए । राष्ट्र उत्थान लघुवित्त गुणात्मक सेवा दिन प्रतिवद्ध रहेको उनले उल्लेख गरे । त्यस्तै लघुवित्तले काडमाडौं सहित १२ वटा जिल्लामा शाखा विस्तार गरिसकेको लघुवित्तका अध्यक्ष टेकराज जोशीले बताए । 

कार्यक्रममा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंक, वीरगन्जका निर्देशक राजनविक्रम थापाले ग्रामीण क्षेत्रमा क्रियाशील लघुवित्त संस्था बचत संकलन र ऋण लगानी भन्दा माथि उठ्नुपर्नेमा जोड दिए । बचत संकलन र ऋण लगानीले मात्र समाज रुपान्तरण नहुने उनको भनाई छ ।  

बनेपामा केन्द्रिय कार्यलय रहेको लघुवित्तको चुुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ । लघुवित्त हालसम संचालनमा आएको मध्ये धेरै भुक्त पूँजी भएको संस्था हो भने लघुवित्तमा सबैभन्दा धेरै आईपीओ निष्कासन गर्न लागेको लघुवित्त पनि हो । लघुवित्तमा  नेपाल ग्रमाीण विकास संस्थाको ३० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २२ प्रतिशत, प्रभु बैंकको १२ प्रतिशत र ६ प्रतिशत अन्यको गरी ७० प्रतिशत संस्थापक शेयर रहेको छ, भने ३० प्रतिशत अथात् ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने छ । २५ लघुवित्तले हाल २९ शाखा कार्यालय मार्फत १९ हजार ७ सय ५५ सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ । स.स्थाले सदस्यहरुबाट ४४ करोड ३२ लाख ६१ हजार रुपैयाँ बचत संकलन गरी ९५ करोड ३ लाख १३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 

नेपाल राष्ट्र बैंकको फागुन मसान्त समको तथ्याङ अनुसार ९१ वटा लघुवित्तले संचालन अनुमति पाएका छन् । भने नेपाल राष्ट्र बैंकका अधिकारीहरुले नै लघुवित्तको संख्या ११५ भन्दा माथि पुग्ने बताउने गरेका छन् । लघुवित्त कारोबार गरिरहेका २४ नेपाल राष्ट्र बैंकबाछ लघुवित्तको लाइसेन्स पाइसकेका छन् भने एउटा पाउने प्रक्रियामा रहेको जनाइएको छ । २०६८ साल बाट सुरु भएको रुपान्तर प्रक्रिया अब अन्ति चरणमा पुगेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved