बैंकहरुमा निक्षेपको सकस, कर्जा लगानी झन्डै दोब्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 06:07:15 PM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेपको तुलनामा बैंकहरुको कर्जा लगानी झन्डै दोब्बरले बढेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.६ प्रतिशत र कर्जा लगानी १६.५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही बैंककहरुको निक्षेप १०.१ प्रतिशत र कर्जा लगानी कर्जा १६.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।  

२०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३३.६ प्रतिशत र ४७.३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा अंश क्रमशः ८.७ प्रतिशत, ३५.८ प्रतिशत र ४४.९ प्रतिशत रहेको थियो । चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.२ प्रतिशत रहेको छ । २०७४ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४३.८ प्रतिशत रहेको थियो । 

यस्तै  निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा १५.१ प्रतिशतले, विकास बैंकहरुको २८.६ प्रतिशतले र वित्त कम्पनीहरुको १४.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २२.१ प्रतिशतले बढेको छ । 

समिक्ष अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.१ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.४ प्रतिशत र १४.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २४.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १३.१ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा २१.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.२ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २.३ प्रतिशतले तथा हायर पर्चेज कर्जा ७.४ प्रतिशतले बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved