अब एटिएम मशिनमा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई ३० दिन भित्र एटिएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने ब्यबस्था मिलाउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यस्तो ब्यबस्था ३० दिन भित्र लागु गरी लिखित रुपमा जानकारी गराउन निर्देशन दिएको हो । ३० दिन भित्र यस्तो ब्यबस्था लागु नगरेमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कारवाही हुने राष्ट्र बैंकले जनाएको छ ।
एटीएमहरुमा नेपाली भाषाको प्रयोग नभएको जनगुनासो व्यापक रुपमा आएपछि यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।