बजेटमा बिग मर्जरको चासो: को के चाहन्छ ?

विजय पराजुली

विजय पराजुली

May 28, 2019 | 11:34:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजेटमा बिग मर्जरबारे केहि उल्लेख नगर्ने भएको छ। चुक्तापुंजी चार गुणाले बढाएका बैंकहरुले पुंजी वृद्धिअनुसार काम गर्न बाँकी नै रहेको भन्दै मेगा मर्जरबारे कुनै पनि छलफल नभएको जनाइएको छ। 

नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा २८ वटा बाणिज्य बैंक धेरै भएको कुरालाई नकार्न नसकीएपनि अहिले नै बिग मर्जर सान्दर्भिक नभएको राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टको भनाइ छ। 'हिजो लाइसेन्स बाड्ने अनि फेरी कुनै अध्ययन तथा अनुसन्धान बीना नै संख्या धेरै भयो भनेर मर्जरको कुरा गर्नु सान्दर्भिक होइन' उनले बिजपाटीसंगको कुराकानीमा भने। 

यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा पनि यसलाई केही बुद्धिजिविहरुले हचुवामा दिएको अभिब्यक्ति बताएका छन। भर्खरै  लगानी बढाएको अवस्थामा केही समय काम गर्ने नदिई मेगा मर्जको कुरा गर्नु हतारो हुने उनको दाबी छ। 

बैंकहरुले प्रकाशित गरेको पुष मसान्त सम्मको वित्तीय विवरणलाई हेर्ने हो भने करिब ७० प्रतिशत बजार हिस्सा १५ वटा वाणिज्य बैंकको पोल्टामा रहेको देखिन्छ । वाणिज्य बैंकहरुले चैत्र मसान्त सम्ममा २६ खर्ब ३० अर्ब निक्षेप संकलन गरेकोमा करिब १७ खर्ब ७० अर्ब निक्षेप १५ वटा वाण्ज्यि बैंकसँग रहेको देखिन्छ । यसलाई हेर्ने हो भने बाँकी रहेका बैंकहरुको उपस्थिति बजारमा कमजोर देखिन्छ। अस्वथ प्रतिस्पर्धामा उत्रिने बैंकहरुमा पनि कमजोर अवस्थाका बैंकहरुनै अगाडी आउने गरेका छन् । केही बैंकहरुले निक्षेप तान्नको लागि ब्याजरमा गरेको प्रतिस्पर्धाले समग्र बैंकिङ क्षेत्र नै तरङगित बनाउछन् । 

एनएमबी बैंकको अध्यक्ष पवन गोल्यान पनि बैंकले तत्कालै मेगा मर्जरमा लागि फोर्स मर्जको नीति लिनु भन्दा पनि सहुलियत दिएर स्वेच्छिक मर्जरलाई नै प्रोत्साहन गर्नुपर्ने बताउँछन् । बैंकहरुको संख्या बढी भएको कुरामा दुइमत नरहेको भन्दै बैंकहरुलाई सहु्लियत दिएर स्वेच्छिक मर्जरको लागि प्रोत्साहन गर्नु राम्रो हुने गोल्यान बताउँछन। 'अहीलेको सन्दर्भमा वाणिज्य बैंकको संख्या बढी भएको सबैलाई महसुस भएकै छ, वाणिज्यबैंकको संख्यालाई १२÷१५ वटामा सिमित गर्नको लागि केही  ब्यवस्था ल्याउँदा राम्रो हुन्छ' उनले भने।  

भर्खर मात्र ओम बैंकलाई मर्जबाट ल्याउन लागेको अवस्थामा अहीले एनएमबी बैंकले ठुलो मर्जमा गइहाल्ने योजना नबनाएको तर बैंकको उपस्थति कमजोर रहेको ठाउँमा उपयूक्त अन्य कुनै संस्था आउन चाहेमा एक्वायर गर्न भने बैंक तयार रहेको उनको भनाई छ । मेगा मर्जको कुरामा चुक्त पूँजी बढाउने नीति लिने र त्यसमा बैंकहरुलाई पुन राइट शेयरबाट वृद्धि गर्न दिन काम भने मुलुकको हीतमा हुन नसक्ने उनले बताए ।

केही समय पहीले मात्र ओम बैंक संग मर्जरको सम्झौता गर्न आयोजन गरिएको कार्यक्रममा पनि उनले तत्कालै ठुलो मर्जरमा जाने सम्भावना  नरहेको र बैंकहरुले भर्खरै मात्र ४ गुण पूँजी बढाएको अवस्थामा पुन मेगा मर्जरको नाममा फोर्स मर्जर गराउँदा बैंकीङ क्षेत्रमा सम्यस्या आउन सक्ने बताएका थिए । केही बैंकका संचालक भने यो सरकारको विषय भएकोले उनीहरुको निणर्यको स्वागत गर्ने बताउँछन् । ग्लोबल आइएमई बैंकको अध्यक्ष चन्द्र ढकाल पनि यो सरकारको निर्णय भएकोले यसमा आफुले कुनै प्रतिक्रिया नजनाउने बताएका छन। 

अर्थमन्त्री यूवराज खतिवडाले पुर्वाधार बैंकको उद्घाटन समारोहमा बोल्दै बैंकहरुको अस्वस्थ प्रतिस्पर्धा देख्दा बैंकको संख्या धेरै भएको र घटाउनुपर्ने महसु भएको बताएका थिए। ३४ खर्वको अर्थतन्त्रमा ३४ अर्व पूँजी भएको बैंक चाहिने बताउनुलाई पनि मेगा मर्जमा अर्थमन्त्रीको ध्यान गएको बुझ्न सकिन्छ।  

सरकारी स्वामित्वका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकलाईं मर्जरमा लगरे नीजी वाणिज्य बैंकहरुलाई पनि मर्जमा जाने दबाब दिने सरकारको नीति हुन सक्ने अनुमान गरिएको छ। तर नेपाल राष्ट्र बैंक भने तत्काल मेगा मर्जरको लागि तयार नरहेको राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउँछन् । 

नेपाल राष्ट्र बैंकबाट ३० बर्ष सेवाअवधि पुरा गरि अवकासको लागि १ महिने बीदामा रहेका कार्यकारी निदेशक नरबहादु थापा भने सरकारी बैंकलाई मर्जरमा लैजाँदा सही ब्यवस्थापन गर्न नसकेमा अन्य सरकारी संस्थान जस्तै बन्ने बताउँछन। लामो समयसम्म समास्यामा रहेका सरकारी  बैंकहरुले पछिल्ले समयमा राम्रो पर्फमेन्स देखाईरहेको अवस्थामा पुन मर्जको कुरा गरेर कमजोर पार्ने खेल खेल्न नहुने उनको भनाई छ । हिजो  बैंकहरुलाई किन लाइसेनस दिइयो र अव किन बढी भए भन्ने कुराको अध्ययन नभइकन मेगा मर्जरमा जाँदा सरकारी बैंक मात्र होईन सम्पुर्ण बैंकिङ क्षेत्रमा अस्थिरता आउने उनको भनाई छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved