
कामना सेवा विकास बैंकका ग्राहकलाई थप तीन हस्पिटलमा उपचार छुट हुने भएको छ । सिद्धबाबा हस्पिटल, सिद्धार्थनगर सिटी हस्पिटल र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकलमा उपचार गराउँदा कामना सेवाका ग्राहकले छुट पाउने भएका हुन् । बैंक र यी हस्पिटलबीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्धाथनगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्सको तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गरेका छन् ।