आँधिखोला लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 09:40:27 AM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्त वित्तीय संस्थाले स्याङ्जाको वयरघारी शाखाको प्रथम केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नगरप्रमुख छायाराम खनाल, अध्यक्ष नरेश के.सी., संचालक राजेन्द्र रेग्मीसहित विभिन्न वडाका वडाध्यक्ष सहभागी थिए । 

नगरप्रमुख खनालले भीरकोटमा केन्द्रिय कार्यालय रहेको एक मात्र वित्तीय संस्था आँधिखोला लघुवित्त भएकाले यो संस्था भिरकोटको गहना भएको बताए । यस लघुवित्तको चुक्तापुँजी छ करोढ ,जारी पुँजी १० करोड र अधिकृत पुजी १५ करोड छ । 

प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले गोष्ठीमा सहभागी सदस्यहरुका प्रश्नहरुको जवाफ दिदै संस्थाले नाफा कमाउने मात्र नभई सदस्यको हितलाई समेत हेरी कार्यक्रम अगाडी वढाउने प्रतिवद्धता जनाए । 

संस्थाले ६५ करोढ कर्जा लगानी र २२ करोड वचत परिचालन गरेको जनाएको छ । यस आ.व.मा सर्वसाधरण शेयर जारी गर्न धितोपत्रवोर्डमा स्वीकृतीका लागि निवेदन समेत दिइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved