नेपालको बैंकिङ क्षेत्र दक्षिण एसिया कै उत्कृष्ट : मन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 09:09:21 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको नेपालको बैंकिङ क्षेत्र दक्षिण एसिया कै उत्कृष्ट : मन्त्री खतिवडा क्षेत्र दक्षिण एसिया कै उत्कृष्ट रहेको बताएका छन् । बैंकहरुले उच्च लगानी विस्तार गर्दा पनि खराब कर्जा १ प्रतिशतको हाराहारीमा हुनुले बैंकिङ क्षेत्र सबल बन्दै गएको उनले बताए । निक्षेप तथा कर्जा सुरक्षण कोषले बनाउन लागेको भवनको शिलान्यस गर्दै उनले भने, ‘नेपाली बैंक सवल बन्दै गएकोले विदेशीले पनि विश्वास गर्दै नेपालका बैंकहरुलाई ऋण दिन लागेका छन् । देशको क्रेडिट रेटिङ पछि विश्वास अझै बढ्दै जान्छ ।’

'निक्षेप तथा कोषको स्थापनापछि बैंकमा राखेकोे निक्षेप डुब्यो भन्नु पर्ने अवस्थाको अन्त्य भएको छ । ' उनले भने, 'निक्षेपको सुरक्षण गर्ने अवधारणा आएसँगै कोही नागरिक मेरो निक्षेप डुब्न लाग्यो भनेर बैंकको काउन्टरमा जानु पर्ने अवस्था छैन । पछिल्लो १० वर्षमा बैंक डुब्न लाग्यो भनेर बैंकमा निक्षेप झिक्न गएका छैनन । ’

निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना गर्दा यसको काम छैन भन्नेहरुनै पछि आएर यसलाई बलीयो बनाउनुपर्छ भनेर लागेको उनले बताए । बैंकहरु थप समस्यामा नपरुन भनेर यस संस्थालाई सरकारले पनि बलियो बनाउँदै लगेको उनले बताए । राष्ट्र बैंकको अधिकांश स्वामित्व रहेको संस्थामा ऐन संशोधन सँगै स्वामित्व घट्दै गएको र सरकारको शेयर स्वामीत्व बढाउँदै लगेको उनले बताए । चालु आर्थिक वर्षमा नै ५ अर्ब पूँजी थपेर कोषको पुँजी ८ अर्ब बनाएको र यसलाई थप बलीयो बनाउन थप २ अर्ब रुपैयँ पूँजी चालु आर्थिक वर्षमा थप गरिने पनि उनले बताए ।

कोषलाई बलियो बनाउँदै लैजाँदा सबैले ढुक्कसँग निक्षेप राख्न वातावरण बनेको उनले बताए । कोष कर्जाको सुरक्षण गरेकोले बैंकहरुको खराब कर्जा पनि कम रहेको उनको भनाई थियो । कुनै पनि जोखिम नभएको अवस्थामा कोषले दुई अर्बभन्दा माथिको नाफा गरेको भन्दै उनले भने, ‘अहिले सरकाले पूँजी बढाएर कोषलाई बलीयो बनाउने काम गरिरहेको छ तर पूँजी बढाउँदैमा संस्था बलियो हुँदैन त्यसको लागि ब्यवस्थापन पनि राम्रो हुनु पर्छ’ । मन्त्री खतिवडाले भोलिका दिनमा हुन सक्ने जोखिमको पुर्वानुमान गर्दै आफ्नो क्षमता बढाउन उनले कोषलाई निर्देशन दिए।

कोषले पाँच तले भवन निर्माणको लागि ६ करोड ६८ लाख रुपैयाँमा डेढ वर्षमा निमार्ण सम्पन्न गर्ने गरी भ्याली बाबुरत्न जेभीलाई निमार्णको जिम्मा दिएको कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णुबाबु मिश्रले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved