मर्जर सहित बैकल्पिक बाटोबाट पूँजी बढाउँन पाउनुपर्ने लघुवित्त संघको सुझाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 05:20:35 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्तहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तको मर्जरबारे स्पष्ट नीति लिन राष्ट्र बैंकलाई सुझाब दिने भएको छ। लघुवित्तको मर्जरबारे मौद्रिक नीति मार्फत स्पष्ट व्यवस्था गर्नलाई सुझाब दिने तयारी भएको बताइएको छ।

लघुवित्तको पूँजी वृद्धि गर्नुपर्ने भएपनि पूँजी बढाउँनको लागि बैकल्पिक व्यवस्था खुला गर्नुपर्ने संघका कार्य समिति सदस्यले  बताएका छन। यसका लागि आफैं पूँजी हालेर ठुलो बन्न चाहने लघुवित्तलाई मर्जर बाहेकको बैकल्पिक बाटो पनि खुला गरिदिनुपर्ने उनको भनाई छ। 

धितो कर्जाको सिमा १० लाख बाट बढाएर १५ लाख पुर्याउनुपर्ने सुझाब दिने लघुवित्तसंघको तयारि छ। त्यस्तै गाउँ, नगर, उपमहानगर र महानगरमा बसोबास गर्नेहरुलाई दिइने धितो कर्जाको सीमामा एक रुपता ल्याउनुपर्ने तथा धितो कर्जाको सिमालाई ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने संघको सुझाब छ।  

फाइल फोटो


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved