सनराइज बैंकमा सीईओ नियुक्तिको विवाद उत्कर्षमा, राष्ट्र बैंकमा असहमति पत्र दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 11:34:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओं) नियुक्तिलाई लिएर उत्पन्न विवाद उत्कर्षमा पुगेको छ। सीईओ नियुक्ति निर्णयमा असहमति जनाउदै आएका बैंकका संचालक शैलेन्द्र गुरागाईंले सीईओ निरज श्रेष्ठको नियुक्ती रोक्न माग गर्दै राष्ट्र बैंकमा असहमति पत्र दर्ता गराएसंगै विवाद झनै उत्कर्षमा पुगेको छ। 

स्वार्थ अनुकुल केहि संचालक सदस्यले एक पक्षीय रुपले निर्णय गरि तत्कालै नियुक्ति पत्र दिएको असहमति पत्रमा उल्लेख छ। एजेन्डामा 'प्रमुख कार्यकारी नियुक्ति सम्बन्धमा' भनि भ्रमित शिर्षक राखेर निर्णय गरिएको भन्दै गुरागाईले सीईओ को नियुक्तीलाई लिएर सुरुदेखि नै असन्तुष्टि जनाउदै आएका छन। 

'प्रमुख संस्थापक सेयरधनीहरु मध्ये सबैभन्दा बढी सेयरको प्रतिनिधित्व गर्ने सञ्चालक र सर्बसाधारण शेयरधनीको तर्फबाट करिव ८० प्रतिशत प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई गुमराहमा राखी त्यस्ता सञ्चालकको अनुपस्थितिमा हतार हतार निर्णय गरेको कार्यप्रति असहमति प्रकट गर्दछु' असहमति पत्रमा उल्लेख छ।

केहि संचालकको आँखा छलेर गरिएको यस्तो नियुक्तिले बैंकको साख समेत गिर्ने भन्दै यस्तो कार्य रोक्न तथा रोकी पाउन गुरागाईले राष्ट्र बैंकसमक्ष माग गरेका छन। 

सीईओको नियुक्ति बहुमतले भएको हुँदा यसमा कानुनी विवाद नरहने कानुनविदहरुको भनाई छ। बैंकको जेठ २२ गतेको संचालक समितिको बैठकले बहुमतका आधारमा निरज श्रेष्ठलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो।         


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved