मौद्रिक नीतिमा विकास बैंकहरुले दिए ११ बुँदे सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 01:37:28 PM मा प्रकाशित

laxmi  sunrise bank

डेभलपमेन्ट बैंकर्स एसोशिएसनले विकास बैंकलाई पनि ब्रोकर लाइसेन्स दिन माग गरेकोे छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि तयार गरिरहेको मौद्रिक नीतिको लागि सुझाव पठाउँदै संघले विकास बैंकहरुलाई पनि सहायक कम्पनी स्थापना गरी ब्रोकर कारोबार दिनको लागि माग गरेको हो। 

एसोशिएसनले राष्ट्र बैंकलाई ११ बुँदे सुझाव पठाउँदै राष्ट्रिय स्तरका विकास बैंकहरुलाई (ब्याजदर अन्तर) स्प्रेट रेटलाई यथावत राख्नुपर्ने तर क्षेत्रिय स्तरका विकास बैंकहरुमा ब्याज बाहेक अन्य आम्दानीको स्रोत नरहेको भन्दै स्प्रेट रेट बढाउन माग गरेको छ । यस्तै व्याजदर अन्तर कायम गर्न गणना गरिने स्रोतको लागतमा संचालन लागतलाई समेत थप गरी गणना गर्ने व्यवस्था गर्न पनि एसोशियसनले सुझाव दिएको छ । 

पुर्नकर्जाको व्यवस्थाले बैंकहरुलाई पसिसिडिमा केही सहज भएको भन्दै पुर्नकर्जा कोषको आकार र समय दुबै बढाउनुर्पे, कल डिपोजिटको १५ प्रतिशतको सिमालाई पुर्नविचार गर्नुपर्ने, निक्षेप सुरक्षणको हालको व्यवस्थामा पुर्नविचार गर्नुपर्ने लगायतका सुझाव पनि एशोसिएसनले राष्ट्र बैंकलाई पठाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved