मौद्रिक नीतिमा फोर्स मर्जरको व्यवस्था आउने संकेत, गभर्नरले भने 'कुनै पनि दबाबले रोकिन्न'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 11:38:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले मौद्रिक नीति मार्फत फोर्स मर्जरको नीति ल्याउने संकेत गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनले मौद्रिक नीति जारी भएपछि स्वेच्छिक मर्जरको छुट नपाउने बताउदै फोर्स मर्जरको नीति तर्फ संकेत गरेका हुन् ।

 फोर्स मर्जरलाई ‘मागी विवाह’ र स्वेच्छिक मर्जरलाई ‘प्रेम विवाह'सँग तुलना गर्दै उनले प्रेम विवाहको समय मौद्रिक नीति नआउँदासम्मको लागि मात्र भएको बताए । १० बर्षअघि राष्ट्र बैंकले पूँजी वृद्धि गर्दाखेरी नै 'लभ गर्ने समय' उपलब्ध गराएको भन्दै गभर्नरले अब त्यो समय समाप्त हुन् लागेको जानकारी दिए । मौद्रिक नीतिआएपछि लभ गर्दै हिँड्ने समय नहुने भन्दै उनले फोर्स मर्जर ल्याउन लागेको संकेत गरे । त्यही अनुसार बुझ्न बैंकका सिइओ तथा सञ्चालकहरुलाई आग्रह गरे।

उनले बजेटमै बैंक तथा वित्तीय संस्थाको मर्जरको बिषय समावेश भएकोले अब कसैले त्यो रोक्न नसक्ने बताए । उनले अर्थ मन्त्री वा प्रधानमन्त्रीकोमा गएर मर्जर नीति नरोकिने भन्दै कुनै पनि दबाबले काम नगर्ने बताए ।

 गभर्नर नेपालले मलेशियामा ५० वटा बैंक हुँदा मर्जरमा नगएको र पछि सरकार र केन्द्रीय बैंकले नै बैंकको संख्या १० मा झारेको उदाहरण दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved