बैंकप्रति 'गरम' देखिएको राष्ट्र बैंक फाइनान्स कम्पनीप्रति नरम, दियो यस्तो सुझाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 09:47:43 AM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंक र विकास बैंकहरुसंग 'गरम' देखिएको नेपाल राष्ट्र बैंक बित्त कम्पनी (फाइनान्स कम्पनी) संग नरम देखिएको छ। बाणिज्य बैंक र विकासलाई मौद्रिक नीति सार्वजनिक हुनुपूर्व नै उपयुक्त पार्टन खोज्न निर्देशक दिएको राष्ट्र बैंकले फाइनान्स कम्पनीहरुलाई भने ठुलो बन्ने प्रयास गर्नलाई सुझाब मात्रै दिएको छ। 

मर्जरको बिषयमा संदेश दिनलाई र आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा फाइनान्स कम्पनीको सुझाब सुन्नलाई मात्र राष्ट्र बैंकले छलफलको लागि डाकेको फाइनान्स कम्पनीहरुको भनाई छ।

'संख्या र साइजको बारेमा राष्ट्र बैंकबाट कुनै निर्देशन भएको छैन' नेपाल वित्तीय संस्था संघका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजि तुलाधरले बिजपाटीलाई भने, 'थोरै पुंजीले संचालन गर्न गाह्रो होला, सानो आकारमा बसेर मात्र हुँदैन, ठुलो बन्ने प्रयास गर्नुहोस भन्ने सुझाब आयो तर संख्या यति बनाउनुहोस, बिहेको लागि तयार रहनुहोस भन्ने जस्ता कुराहरु आएनन।'

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको अन्तिम तयारिमा जुटेको राष्ट्र बैंकले असार १२ गते ११ बजेदेखि वाणिज्य बैंक, १ बजेदेखि विकास बैंक र ३ बजेदेखि फाइनान्स कम्पनीहरुका अध्यक्ष तथा सीईओहरुलाई डाकेर छलफल गरेको थियो। छलफलमा बाणिज्य तथा विकास बैंकहरुलाई समयनै तोकेर उपयुक्त पार्टनर खोज्न निर्देशन भएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved