थप २ लघुवित्तबीच मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 02:18:56 PM मा प्रकाशित

laxmi  sunrise bank

थप २ लघुवित्त एक आपसमा गाभिने भएका छन् । स्याङजाको सूर्योदय लघुवित्त र नवलपरासीको त्रिलोक लघुवित्त मर्जमा जाने भएका हुन्। दुई संस्थाबीच बिहिबार मर्जर सम्बन्धि सम्झौता भएको हो ।  सम्झौतामा सूर्योदयका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र त्रिलोकका अध्यक्ष लेखनाथ खनियाले हस्ताक्षर गरेका हुन ।

मर्जपछि कम्पनीको नाम सुर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड रहने र मुख्य कार्यालय गण्डकी प्रदेशको पोखरामा रहने सहमति भएको छ । दुवै संस्थाको सम्पत्ती तथा दायित्व मूल्याङ्कन (डिडिए)  रिपोर्टको आधारमा शेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको छ । मर्जपछि बन्ने संस्थाको अध्यक्षमा त्रिलोकबाट अध्यक्ष लेखनाथ खनिया तथा प्रमुख कार्यकारी अधिकृतमा सूर्योदयका मोक्ष प्रसाद पंगेनी रहने छन्।  त्रिलोकका राजेन्द्र न्यनैपाने नायव कार्यकारी अधिकृत रहने सहमति भएको छ । 

२३ जिल्लामा कार्यक्षेत्र रहेको सूर्योदय र १० जिल्ला कार्य क्षेत्र रहेको त्रिलोक एक आपसमा गाभिएपछि ६३ वटा शाखा हुने छन्  ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved